साफ यू-१९ च्याम्पियनसिपस् भारतसँग नेपाल ४–० गोलले पराजित

साफ यू-१९ च्याम्पियनसिपस् भारतसँग नेपाल ४–० गोलले पराजित

काठमाडौं - साफ यू-१९ च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित भएको छ । भारतको अरुणान्चलस्थित गोल्डेन जुबिली रंगशालामा मंगलबार भएको खेलमा नेपाल घरेलु टोलीसँग ४-० गोलअन्तरले पराजित भएको हो । पहिलो हाफ २ गोल गरेको भारतले दोस्रो हाफमा थप २ गोल गर्‍यो ।

नेपालले पहिलो खेलमा श्रीलंकालाई ५(० गोलले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ । समूह ुबीु बाट भारत समूह बिजेता र नेपाल उपविजेताको रुपमा सेमिफाइनलमा पुगेका हुन् । समूह ुएु बाट बंगलादेश समूह विजेता र माल्दिभ्स उपविजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेका हुन् । श्रीलंका र भुटान प्रतियोगिताबाट बाहिरिए ।

नेपालले सेमिफाइनलमा बंगलादेशको सामना गर्नेछ । अर्को सेमिफाइनल खेल भारत र माल्दिभ्सबिच हुनेछ ।