जगत घर्तीको नेतृत्व बेरुजुमा कर्णाली प्रदेशमै उत्कृष्ट

सुर्खेत - सल्यानको बनगाड कुपिण्डे नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत घर्ती कर्णाली प्रदेशका ७९ वटै स्थानीय तहमध्ये बेरुजु सबैभन्दा कम बनाउन सफल भएका छन्।
महालेखा नियन्त्रण कार्यालयको प्रतिवेदन अनुसार घर्ती कार्यालय प्रमुख रहँदा आर्थिक वर्ष २०८०/८१ मा कर्णाली प्रदेशका ७९ स्थानिय तह मध्ये सल्यानको वनगाड कुपिण्डे नगरपालिकाको सबैभन्दा कम बेरुजु जम्मा (०.४४ %) कायम हुन सफल भएको छ।
घर्ती प्रशासनिक रूपमा निकै कडा स्वभावका छन् । उनी राजनीतिक नेतृत्वको अनुचित दबावमा पर्दैनन् । नगरपालिकामा कार्यरत लेखा अधिकृत दिनेश भण्डारी र दिवानन्द आचार्य समेतको सहयोगका कारणले घर्तीले कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा दिन सफल भएका हुन्।
घर्ती हाल सिम्ता गाउँपालिकाको प्रमुख प्रशासय अधिकृतको रुपमा सरुवा भएर कार्यरत छन्। उनले सामाजिक सञ्जालमा आफ्नो कार्यकालमा वनगाड कुपिण्डे नगरपालिकाको सबैभन्दा कम बेरुजु भएकोमा खुसी व्यक्त गरेका छन्।
प्रतिक्रिया