लायन्स क्लब अफ कोहलपुरको अधिवेशन सम्पन्न, अध्यक्षमा गुरुङ

नेपालगञ्ज - लायन्स क्लब अफ कोहलपुरको अधिवेशन शनिबार सम्पन्न भएको छ। अधिवेशनले नयाँ नेतृत्वसमेत चयन गरेको छ।
लायन वर्ष २०२५-२६ का लागि सर्वसम्मत रूपमा नेतृत्व चयन गरिएको छ । अध्यक्षमा किसन गुरुङ, प्रथम उपाध्यक्षमा सरोज हमाल, द्वितीय उपाध्यक्षमा आरसी रिजाल, सचिवमा मोहन माझी र कोषाध्यक्षमा ऋषि सापकोटा चयन भएका छन् ।
अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गरेको भन्दै लायन्स क्लब इन्टरनेशनल ३२५ एन, एरिया नं. ४ का एरिया चिफ राजु रिजालले शुभकामना व्यक्त गरेका छन् ।
प्रतिक्रिया