अर्थसंक्षेप : गभर्नरलाई पत्याएन शेयर बजारले, पाँच सय र एक हजार दरका नोट छापिने, १० महिनामा पौने १५ खर्बको आयात
नयाँ गभर्नरलाई मन पराएन शेयर बजारले, ७.९४ अंकले घट्यो नेप्से

काठमाडौं- नयाँ गभर्नरलाई शेयर बजारले मन नपराएको संकेत गरेको छ । नेपाल राष्ट्र बैंकको गभर्नरमा अर्थशास्त्री डा विश्वनाथ पौडेल नियुक्ति भएको भोलिपल्ट आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेको हो ।
आज नेप्से ७.९४ अंकले घटेको छ । नेप्सेमा १० अर्ब ६९ करोड ८६ लाख ५१ हजार रुपैयाँ बराबरको कारोबार हुँदा नेप्से घटेर २६६९.५१ अंकमा झरेको हो । नेप्से ओरालो लागेसँगै नेप्सेको पुँजीकरण पनि ०.२९ प्रतिशतले घटेको छ ।
आजको कारोबारमा १५३ वटा कम्पनीको शेयर मूल्य घट्यो भने ९३ वटा कम्पनीको शेयर मूल्य घट्यो । त्यस्तै एउटा कम्पनीको शेयर मूल्य भने यथावत रहेको छ ।
प्रतिक्रिया