नविल बैंकको सीईओमा मनोज ज्ञवाली नियुक्त

नविल बैंकको सीईओमा मनोज ज्ञवाली नियुक्त

काठमाडौं– नबिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा मनोज कुमार ज्ञवाली नियुक्त भएका छन् ।

बिहीबार बसेको बैंकको सञ्चालक समिति बैठकले ज्ञवालीलाई सीईओमा नियुक्त गरेको हो । सञ्चालक समितिले ज्ञवालीलाई बिहीबारबाट नै लागू हुनेगरी ४ वर्षका लागि नियुक्त गरेको नबिलको कम्पनी सचिव भीष्म नेउपानेले जानकारी दिए ।