रारामा ज्योतिष सम्मेलन

मुगु - मुगुको रारामा पहिलो पटक १९ औँ ज्योतिष तथा वास्तु सम्मेलन हुने भएको छ । राराको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले धर्म र जीवनसँग जोडिएका विषयमा पण्डित र ज्योतिषलाई यथेष्ट जानकारी गराउने उद्देश्यसहित जेठ २६ र २७ गते दुर्गम जिल्लामा ऐतिहासिक सम्मेलन हुन लागेको हो ।
नेपाल ज्योतिष परिषद्को आयोजना र विश्व ज्योतिष महासङ्घ नेपाल, दक्षिण एसियाली महासङ्घ राष्ट्रिय समिति नेपाल त्यसै गरी नारी उत्पादन सचेतना केन्द्र मुगुको सह आयोजना गरेको सम्मेलनमा नेपाल भरका ७७ वटै जिल्ला बाट गरी पाँच सय भन्दा बढीको सहभागिता रहने विश्व हिन्दु सङ्घकी केन्द्रीय सदस्य, सनातन हिन्दु धर्म समन्वय समिति नेपालकी सदस्य त्यसै गरी माई मष्टाकी धामी चेतना मल्ल शाहीले जानकारी दिनुभयो।
हिमाली जिल्लाको दुर्गम रारामा पहिलो पटक हुन लागेको ऐतिहासिक १९ औँ ज्योतिष सम्मेलनले राराको पर्यटन प्रवर्धन मा महत्त्वपूर्ण भूमिका खेल्ने छ। उक्त सम्मेलनले सनातन धर्म पद्धतिअनुसार आशौच परिचय र निर्णयहरू बुझ्न र व्यावहारिक रूपमा कार्यान्वयन गर्न सम्मेलन महत्त्वपूर्ण सावित हुने समाजसेवी चेतना मल्ल शाहीले बताउनुभयो ।
मुगुको रारा, छायाँनाथ त्यसै गरी ऋण मोक्ष हिन्दुहरूको प्रसिद्ध धार्मिक तीर्थस्थल रहनुका साथै विभिन्न देवदेवीको समेत बसोवास भूमि रहेकाले पनि मुगुको रारा क्षेत्र महादेव, विष्णुपादुका आदिका कारणले पनि मुगुको रारामा हुन लागेको ज्योतिषको सम्मेलन ज्यादै महत्त्वपूर्ण हुने उहाँको भनाइ रहेको छ ।
नेपालका विभिन्न जिल्लाबाट समेत प्रतिनिधि गरी पाँच सय भन्दा बढी ज्योतिषको उपस्थिति रहने सम्मेलनले विश्व ज्योतिष महासङ्घ स्थापनालाई मूर्तरूप दिइने मल आयोजक समितिले जानकारी दिएको छ।
ज्योतिष विज्ञानले जातजाति धर्म र लिङ्गका विषयमा कुनै विभेद गर्दैन भन्दै नेपाल ज्योतिष तथा वास्तु सम्मेलनका संयोजक डाक्टर गौरीशङ्कर शर्माले ज्योतिष विज्ञानका विषयमा नयाँ खोज अनुसन्धानका विषयमा पनि रारामा ऐतिहासिक निर्णय गर्ने बताउनु भयो।
दुई दिने सम्मेलनमा धर्म, अध्यात्म, कर्मकाण्ड, ज्योतिष विद्या, योग, तन्त्र, साधना, वास्तु विज्ञ, निर्माण व्यवसायी, व्यापारी, एवं वास्तु विषयसँग रुचि राख्ने र तत्सम्बन्धी काम गर्दै आएका व्यक्तिहरू सहभागी हुने कार्यक्रम संयोजक डाक्टर शर्माले जानकारी दिनुभयो ।
प्रतिक्रिया