कांग्रेसलाई बलियो बनाउन जरुरी छ : सभापति देउवा

काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसलाई बलियो बनाउन जरुरी रहेको बताएका छन् । आइतबार भक्तपुरमा शहीद राधेश्याम जोन्छेको १३औँ पुण्यतिथिमा आयोजित स्मृति सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले जोन्छेको जीवनीबाट प्रेरणा लिएर कांग्रेसलाई बलियो बनाउनुपर्ने बताए । उनले शहीद जोन्छेको बारेमा अझै धेरै पुस्तकहरू लेखेर जनमानसमा पुर्याउनुपर्ने बताए । उनको प्रेरणाबाट युवाहरूले धेरै कुराहरू सिक्न सक्ने जिकिर गरे । आफूले मन्त्री बनाउन चाहेको भए पनि बनाउन नसकेकोप्रति दुःख व्यक्त गरे ।
सभापति देउवाले भने, ‘उहाँका सम्बन्धमा हामीले अझै केही किताब लेख्नुछ । देशभर नै उहाँको प्रचार गर्नुछ । भोलिका युवाले उहाँको प्रेरणाबाट धेरै कुरा सिक्न सक्छन् । उहाँका धेरै कामहरूको चर्चा गर्न जरुरी छ । म त अझ मन्त्री बनाउन चाहन्थेँ उहाँलाई । उहाँले राम्रो काम गर्नुभएको छ । उहाँकाप्रति सम्मान मात्रै गर्ने होइन, उहाँको उदारताबाट प्रेरणा लिएर हाम्रो पार्टीलाई बलियो बनाउनु पर्छ ।’ सभापति देउवाले शहीद जोन्छेको जीवनीबाट प्रेरणा लिन जरुरी रहेको बताए ।
प्रतिक्रिया