गिलको ‘ब्याक टु ब्याक’ शतकले इङ्गल्यान्डविरुद्ध बलियो बन्यो भारत

काठमाडौं – कप्तान शुभमन गिलले फेरि शतक प्रहार गरेपछि भारती टोली इङ्गल्यान्डसँगको दोस्रो टेस्टमा बलियो अवस्थामा पुगेको छ। ६०८ रनको लक्ष्य लिएर ब्याटिङ गरेको इङ्गल्यान्डले शनिबार चौथो दिनको खेल सकिँदा ७२ रन जोडेर तीन विकेट गुमाएको छ। इङ्गल्यान्डका ओलिप पेपी २४ तथा हेरी ब्रुक १५ रनमा अविजित छन्।
भारतलाई जित हात पार्न अन्तिम दिन सात विकेट आवश्यक छ। शनिबार आकाश दिपले दुई तथा मोहम्मद सिराजले एक विकेट लिए। दोस्रो टेस्टमा इङ्गल्यान्डका १३ विकेट नै यसै जोडीले लिएको छ।
शनिबार चौथो दिन पनि कप्तान गिल छाए १६१ रन जोडे। ऋषभ पन्तले ६५ रनको योगदान गरे भने रवीन्द्र जडेजा ६९ रनमा अविजित रहे। भारतले ६ विकेटको क्षतिमा ४२७ रन जोडेको अवस्थामा पारी समाप्तिको घोषणा गरेको हो।
पहिलो पारीमा २६९ रन प्रहार गरेका गिल एउटै टेस्टमा चार सय रन कटाउने दुर्लभ खेलाडी बनेका छन्। उनको यो आठौँ टेस्ट शतक हो।
प्रतिक्रिया