अमेरिकाले क्यानडामाथि लगायो ३५ प्रतिशत भन्सार शुल्क

काठमाडौं– अमेरिकाले क्यानडामा उत्पादित बस्तुहरूमा ३५ प्रतिशतसम्म कर लगाउने भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले यस्तो घोषणा गरेका हुन् ।
राष्ट्रपति ट्रम्पले बिहीबार क्यानडाका प्रधानमन्त्री मार्क कार्नीलाई एक पत्र लेख्दै नया करहरूबारे जानकारी दिएका हुन् । अमेरिकाले क्यानडामाथि लगाएको यो कर १ अगस्ट सन् २०२५ देखि लागू हुनेछ ।
ट्रम्पले यसलाई क्यानडाको जवाफी कारबाही तथा चलिरहेको व्यापारमा व्यवधानको जवाफमा उठाइएको कदमका रूपमा बताएका छन् ।
नयाँ भन्सार शुल्क सबै क्यानाडाली वस्तुहरूमा लागू हुने हो वा अमेरिकाले हाल भन्सार शुल्क लगाइरहेका सीमित वस्तुहरूमा मात्र लागू हुने हो भन्ने कुरा भने स्पष्ट भइसकेको छैन ।
प्रतिक्रिया