हाम्रो निष्ठावान नेता माथि निराधार आरोप लाइयो- कांग्रेस नेता पोखरेल

हाम्रो निष्ठावान नेता माथि निराधार आरोप लाइयो- कांग्रेस नेता पोखरेल

सुर्खेत - नेपाली कांग्रेस जिल्ला कार्यसमिति सुर्खेतका सदस्य प्रचण्डकुमार पोखरेलले कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राजविक्रम शाहमाथि लगाइएको आरोप निराधार रहेको प्रतिक्रिया दिएका छन्। 

उनले राजिव शाह जस्तो निष्ठावान र एउटा समाजसेवी नेतालाई आरोप लाउनु भनेको पाप भएको संज्ञा दिएका छन् ।

कर्णाली प्रदेश निर्माणको अगुवाइ गरेका प्रचण्ड पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन् `उहाँलाई अर्थिक हिनामिनाको आरोप लगाउनु पाप हो। पैसाको लागि उहाँले राजनीति गर्नु नै भएमो छैन,अझ एथलेटिक्स जस्तो अनुशासित क्षेत्रमा के को अर्थिक अवचलन गर्नु।विणा आधार,प्रमाण त्यसै तथ्यहिन आरोपको कुनै अर्थ छैन।राम्रो मान्छेलाई विवादित वनाउने विरोधीहरूको षड्यन्त्र मात्र हो।`

राजीव विक्रम शाह एसियन एथलेटिक्स एसोसियसनको सदस्य पदमा निर्वाचित भएका थिए ।

दुई वर्ष अगाडि थाईल्याण्डको बैंककमा भएको एसोसिएसनको साधारण सभामा शाह सर्वाधिक मद ल्याएर सदस्यमा विजयी भएका थिए । नेपाल एथलेटिक्स एसोसियसनका अध्यक्ष समेत रहेका शाहले कार्यसमिति सदस्य पदमा ३४ मत प्राप्त गर्दै ऐतिहासिक रूपमा नेपाली खेलकुदलाई अन्तर्राष्ट्रिय जगतमा स्थापित गर्न सफल भएका थिए। 

शाह नेपाल कांग्रेसका नेतासमेत हुन् । जाजरकोटका उनी प्रदेश सभा सांसद र कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री समेत हुन्। राजीविक्रम शाह कर्णाली प्रदेश समाजसेवी र लोकप्रिय राजनीतिज्ञको रुपमा स्थापित पात्र हुन्। 

आसन्न नेपाल एथलेटिक्स एसोसियसन अधिवेशनलाई केन्द्रित गर्दै शाहलाई विभिन्न आरोपहरू लाउने र असफल बनाउने प्रपञ्च भएको स्थानीयहरूले दाबी गरेका छन्।