टर्कीले तोड्यो इजरायलसँग आर्थिक र व्यापार सम्बन्ध, एर्दोआनले नेतन्याहूलाई गरे हिटलरसँग तुलना

टर्कीले तोड्यो इजरायलसँग आर्थिक र व्यापार सम्बन्ध, एर्दोआनले नेतन्याहूलाई गरे हिटलरसँग तुलना

काठमाडौं–टर्कीले इजरायलसँग आर्थिक र व्यापार सम्बन्ध तोडेको छ । टर्कीका विदेशमन्त्री हाकान फिदानले गाजा युद्धको विरोधमा इजरायली जहाजहरूका लागि आफ्नो हवाई क्षेत्रसमेत बन्द गरिएको बताएका छन् । 

शुक्रबार गाजाबारे टर्कीको संसद बैठकमा फिदानले गत दुई वर्षयता इजरायलले गाजामा जातीय संहार गरिरहेको बताए । संसारको आँखासामु इजरायलले आधारभूत मानवतावादी मूल्यहरूलाई बेवास्ता गरेको उनको भनाइ थियो । 

टर्कीले गत वर्ष मे महिनामा यी युद्धविराम र गाजामा तत्काल मानवतावादी सहायता पठाउने माग गर्दै इजरायलसँगको प्रत्यक्ष व्यापार सम्बन्ध तोडेको थियो । २०२३ मा दुवै देशबीच ७ अर्ब अमेरिकी डलरको व्यापार भएको थियो ।

राष्ट्रपति रेसेप तैय्यप एर्दोगानले इजरायली आक्रमणलाई जातीय संहार भनेका छन् । उनले  प्रधानमन्त्री बेन्यामिन नेतन्याहूलाई नाजी जर्मनीका नेता एडोल्फ हिटलरसँग तुलना गरेका छन्।