नेकपा एसले बोलायो सचिवालय बैठक

नेकपा एसले बोलायो सचिवालय बैठक

काठमाडौँ- नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ । पार्टी कार्यालय आलोकनगरमा सोमबार बस्ने गरी बैठक बोलाइएको भए पनि समय भने तय गरिएको छैन ।

बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।

 

बैठकमा आउँदो माघमा तय भएको महाधिवेशनको तयारी र सोही अनुसार जिम्मेवारी बाँडफाँटका सम्बन्धमा पनि छलफल हुनसक्ने बताइएको छ ।