पोखरामा तीज साँस्कृतिक महोत्सव हुने

पोखरामा तीज साँस्कृतिक महोत्सव हुने

काठमाडौँ- हरितालिका तीजको अवसर पारेर पोखरामा तीज साँस्कृतिक महोत्सव महिला प्रतिभा प्रतिस्पर्धा कार्यक्रम आयोजना हुने भएको छ । कार्यक्रम भदौ २५ देखि २७ गतेसम्म पोखराको लेकसाइड क्षेत्रको कोमागाने पार्कमा आयोजना हुने भएको हो ।

पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) को आयोजनामा हुने उक्त महोत्सवमा गण्डकी प्रदेशका ११ वटै जिल्लाका महिलाहरुको सहभागिता रहने टेवानकी अध्यक्ष कमला गिरीले बताइन् ।


तीन दिनको महोत्सवमा विभिन्न प्रतियोगिताका साथै प्रदर्शनी एवम् मनोरञ्जनात्मक कार्यक्रमको आयोजना हुने आयोजकले जनाएको छ ।

महोत्सव सम्पन्न गर्न १५ लाख ५० हजार खर्च लाग्ने अनुमान गरिएको छ । राष्ट्रिय कलाकारहरुको प्रस्तुति समेत महोत्सवमा रहनेछ । महोत्सवलाई सफल पार्न पोखरा पर्यटन परिषद, रेवान लगायतका पर्यटनसम्बद्ध संघसंस्थाहरुको समेत सहयोग छ ।