गुल्मीमा चट्याङ लागेर ८ जना विद्यार्थी घाइते

गुल्मीमा चट्याङ लागेर ८ जना विद्यार्थी घाइते

गुल्मी– गुल्मीमा चट्याङ लागेर ८ जना विद्यार्थी घाइते भएका छन् । मुसिकोट नगरपालिका–६ को कुर्घा निम्न माध्यमिक विद्यालयमा सोमबार दिउँसो चट्याङ लागेर ८ जना विद्यार्थी घाइते भएको विद्यालयका प्रधानाध्यापक मोतीप्रसाद शर्माले जानकारी दिएका छन् ।

विद्यालय परिसरमै परेको चट्याङबाट कक्षा–६ कि ईशा घर्ती, झलका बिक, अनुजा बिक, कक्षा ८ का अनिशा बिक र कक्षा ७ का सिर्जना शर्मा, समीक्षा थापा, कल्पना बिक, बुद्धिमाया नेपाली घाइते भएका हुन् ।

घाइतेमध्ये ईशा, झलका, अनुजा, अनिशा र सिर्जनालाई कुर्घा स्वास्थ्यचौकीले मिसन अस्पतालमा उपचार भइरहेको छ  । अन्य चार जनालाई स्थानीय स्वास्थ्यचौकीमा सामान्य उपचारपछि घर पठाइएको छ ।