आयुर्वेदप्रति आकर्षण बढ्दै

आयुर्वेदप्रति आकर्षण बढ्दै

हेटौँडा-पछिल्लो समय मकवानपुरमा आयुर्वेदप्रति आकर्षण बढ्दै गएको छ । कम खर्चिलो र आयुर्वेदिक औषधीले अन्यले भन्दा स्वास्थ्यमा कम असर गर्ने विश्वाससँगै आयुर्वेदप्रति जनताको आकर्षण बढ्दै गएको हो । 

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, मकवानपुरबाट गत आर्थिक वर्षमा १४ हजार १५५ महिलासहित २६ हजार ८९४ जनाले सेवा लिएका थिए । आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुरकी आयुर्वेद चिकित्सक डा. ललिता पाण्डेका अनुसार आव २०७९/८० मा १० हजार २५५ महिलासहित १९ हजार ३६६ जना नयाँ सेवाग्राही थपिएका थिए । सात हजार ५२८ जना सेवाग्राही पुनरावृत्त हुनुभएको तथ्याङ्क छ । नयाँ र पुनरावृत्त भएका सेवाग्राहीको तथ्याङ्कले आयुर्वेदप्रति आकर्षण बढ्दै गएको देखिन्छ । 

गत आवमा शल्यक्रिया गर्नुपर्ने र एन्टिबायोटिकका १५५ जना बिरामीलाई हेटौँडा अस्पताल, चितवन र नरदेवी आयुर्वेद चिकित्सालय काठमाडौँमा थप उपचारका लागि पठाइएको केन्द्रका चिकित्सक पाण्डेले जानकारी दिनुभयो । विशेष गरी हाडजोर्नी, ग्यास्ट्रिक, नसाको दुखाइ, रुघा, खोकी, ज्वरोलगायतका स्वास्थ्य समस्या लिएर बिरामी आउने गरेका उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाल सरकारले निर्धारण गरेको २३ थरीका औषधी निःशुल्क वितरण गरिएको छ । जनतालाई आयुर्वेदिक औषधीका लागि सहज होस् भन्ने उद्देश्यले केन्द्रले आफ्नै फार्मेसीबाट बाहिरभन्दा पाँच प्रतिशत कम मूल्यमा औषधी उपलब्ध गराउने व्यवस्था मिलाएको छ ।” 

छ महिनासम्मका सुत्केरीलाई दुध बढाउने औषधी दिएको जानकारी गराउँदै उहाँले यो कार्यव्रmम प्रभावकारी बनाउन बकैया र बागमती गाउँपालिका तथा हेटौँडा उपमहानगरपालिका–२ मा सञ्चालन गरेको बताउनुभयो । विशेषज्ञसहितको ओपिडी सेवा, बिहान ८ बजेदेखि ३ बजेसम्म ल्याब सेवा, फिजियोथेरापी, आयुर्वेदिक थेरापी, ज्येष्ठ नागरिक सेवा र विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यव्रmम सञ्चालन गरिँदै आएको उहाँको भनाइ छ । 

बागमती प्रदेश सरकारले भदौ १ देखि प्रदेशका १३ वटै जिल्लाका जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा रिह्याबिटेसन र फिजियोथेरापी सेवा निःशुल्क गर्ने निर्णय गरेपछि केन्द्रबाट भदौ १ देखि १७ गतेसम्ममा १०१ जनाले निःशुल्क फिजियोथेरापी सेवा लिएका छन् ।