प्रदेश सभाको बैठक आइतबार बस्ने

प्रदेश सभाको बैठक आइतबार बस्ने

हेटौँडा- बुधबार दिउँसो १ बजेका लागि बोलाइएको बागमती प्रदेश सभाको बैठक पुनः सारिएको छ । सोमबारका लागि बोलाइएको प्रदेश सभा बैठक बस्ने प्रयास गरिए पनि सत्ता पक्ष र विपक्षीबिच सहमति नजुटेपछि बुधबार दिउँसो १ बजेका लागि सारिएको थियो तर प्रदेश सभामा प्रमुख विपक्षी दल नेकपा एमाले र विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टीसँग भएको छलफलमा सहमति जुट्न नसकेपछि बैठक पुनः भदौ २४ गते आइतबारसम्मका लागि सारिएको हो । 

प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको बैठक दुई महिनापछि बोलाइएको थियो तर विपक्षी दलको माग सम्बोधन गर्नुपर्ने अडानका कारण दोस्रो पटक प्रदेश सभाको बैठक सारिएको हो ।