इजिप्ट र जापानबिच रणनीतिक साझेदारी बढाउने छलफल

इजिप्ट र जापानबिच रणनीतिक साझेदारी बढाउने छलफल

काठमाडौं- इजिप्टका राष्ट्रपति अब्देल फत्ताह अल सिसी र भ्रमणमा रहनुभएका जापानी विदेशमन्त्री योशिमासा हयासीले द्विपक्षीय रणनीतिक साझेदारीलाई बढावा दिने उपायहरूबारे छलफल भएको छ ।

बुधबार राष्ट्रपति सिसी र विदेशमन्त्री हयासीले द्विपक्षीय रणनीतिक साझेदारीलाई बढावा दिने उपायहरूबारे छलफल भएको हो ।

जापानसँगको सम्बन्धलाई विस्तार गर्न  र रणनीतिक साझेदारी बढाउन इजिप्ट तयार रहेको राष्ट्रपति सिसीले जोड दिनुभयो । हयासीले रणनीतिक साझेदारीका आधारमा दुई देशबिचको सम्बन्धमा भएको सकारात्मक प्रगतिको स्वागत गर्नुभयो । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल