पूर्वी नवलपरासी दुधमा आत्मनिर्भर

पूर्वी नवलपरासी दुधमा आत्मनिर्भर

मुुकुुन्दपुुर- पूर्वी नवलपरासी दुधमा आत्मनिर्भर बनेको छ । यो जिल्लाबाट वार्षिक दुुई अर्ब ८० करोडको दुुध बाहिर निर्यात हुुने गरेको छ । आर्थिक वर्ष २०७९/८० मा यो परिमाणको दुुध निर्यात भएको जिल्ला दुुग्ध सहकारी संस्थाले जनाएको छ । 

जिल्लाको गैँडाकोट, देवचुुली, कावासोती र मध्यबिन्दुु नगरपालिका तथा विनयीत्रिवेणी र हुुप्सेकोट गाउँपालिकाका केही वडामा दुुध उत्पादन हुुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्लाको गैँडाकोट नगरपालिकाको वडा नं. १०, ११, १२ र १३ सबैभन्दा बढी गाईभैँसीपालन गर्ने पकेट क्षेत्रका रूपमा रहेको र यहाँ सबैभन्दा बढी दुुध उत्पादन हुुने ज्ञान केन्द्रको भनाइ छ । 

जिल्लामा ४० हजार घरपरिवार प्रत्यक्ष रूपमा गाईभैँसीपालन व्यवसायमा आबद्ध रहेको छ भने यो जिल्ला दुुधमा पूर्ण आत्मनिर्भर रहेको केन्द्रले जनाएको छ । यहाँ उत्पादन हुुने दुुध काठमाडौँ, बुुटवल, हेटौँडा, वीरगन्ज, पोखरालगायतका ठुुला सहरमा पुुग्ने गरेको छ । मुुकुुन्दपुुरमा विगत ३५ वर्षदेखि गाईपालन गरेकी निर्मला सुुवेदी अहिले जिल्लामा सबैभन्दा बढी गाईपालन गरी दुुध बिव्रmी गर्ने किसानका रूपमा रहनुुभएको छ । 

वार्षिक दुुई अर्ब ८० करोडको दुुध निर्यात
४० हजार घरपरिवार प्रत्यक्ष रूपमा गाईभैँसीपालन व्यवसायमा आबद्ध
गण्डकी सरकारले किसानलाई उकास्ने राम्रा योजना ल्याएकाले पनि आगामी दिनमा अझ यो व्यवसाय फस्टाउँदै जाने 
उहाँले अहिले पनि सुुवेदी फार्ममा १५० भन्दा बढी उन्नत जातका गाई पाल्नुभएको छ र यो व्यवसायबाट मासिक १० लाखसम्म आम्दानी हुने गरेको उहाँको भनाइ छ । मुुकुुन्दपुुरमा मात्र नभएर जिल्लाका हरेक गाउँमा अहिले गाईभैँसीपालनतर्फ किसानको आकर्षण बढेको र जिल्लामा दुुध व्यवसायले राम्रो बजारसमेत पाएको किसानको भनाइ छ । 

गैँडाकोट–१५ का रामराज थापाले गाईभैँसीपालनबाट मनग्गे आम्दानी लिने किसानका रूपमा चर्चा पाउनुभएको छ र अहिले पनि उहाँको दिनचर्या गाईबस्तुसँगै बित्ने गर्दछ । 

उमेरले ६७ लाग्नै आँटेका थापा बिहान ३ बज्न नपाउँदै उठ्नुहुन्छ, राति अबेरसम्म गोठमा खटिनुहुन्छ र उहाँको गाईपालन व्यवसायले उन्नति गरेको छ । घरसँगै बनाइएका सात गोठभरि गाई र तिनका रहरलाग्दा बाच्छाबाच्छी छन् । 

बिहानै उठ्नेबित्तिकै गाईलाई खोले खुवाउनुहुन्छ थापा । झिसमिसे उज्यालो हुन नपाउँदै दुध दुहुने मेसिन र हातमा बाल्टी बोकेर गाईको छेउमा पुग्ने थापालाई श्रीमती र छोराबुहारीले सहयोग गर्ने गरेका छन् ।

“सरकारी अनुदानमा कृषि ज्ञान केन्द्रले दुध दुहुने मेसिन उपलब्ध गराएको छ, केही हातैले दुहुन्छु त केही मेसिनले,” थापाले भन्नुुभयो, “परिवारका सबै सदस्य गाईपालनमै रमाएका छन् ।” अहिले दैनिक नौ सय लिटर दुध उत्पादन हुने गरेको थापा बताउनुहुन्छ ।

गैँडाकोट–१२ का कृषक हरि पाण्डे अहिले ११० वटा त माउ गाई पालेर सात सय लिटर दुध बिक्री गरेको बताउनुहुन्छ । गत वर्ष पाण्डेलार्ई सरकारले पाँच लाख रुपियाँ अनुदान दियो । त्यसयता झनै खुसी छ उहाँको परिवार । 

भारतको आसाममा लामो समय गाईपालनमा रमाएका पाण्डे अहिले गैँडाकोटमा गाईपालनमा रमाउनुभएको मात्रै छैन, उत्कृष्ट कृषकका रूपमा सम्मानित पनि हुनुभएको छ । “आसाममा त्यस बेला निकै गाई पालिएका थिए, मैले त्यहाँ गाई कसरी पालिन्छ, कसरी आम्दानी हुन्छ भन्ने कुरा राम्ररी नियालेँ, त्यसपछि मलाई लाग्यो नेपालमा गएर केही गर्न सकिन्छ,” पाण्डे भन्नुहुन्छ ।

सहकारीबाट एक लाख ५० हजार रुपियाँ कर्जा लिएर गाईपालन सुरु गरेका पाण्डे जस्ता सयौँ कृषक अहिले गाईभैँसीपालनमा उदाहरणीय बनेका छन् । 

गण्डकी सरकारले त दुुध उत्पादन गर्ने कृषकलाई डेरीबाटै प्रतिलिटर रु. पाँच अनुुदान दिने नीति नै सार्वजनिक गरेको गण्डकी सरकारका कृषि तथा भूमि व्यवस्थामन्त्री महेन्द्रध्वज जिसीले बताउनुुभयो । सरकारले दुुध उत्पादन गर्ने किसानलाई अनुुदान दिने र अरू सहयोग पनि दिने गरी किसानका हकमा राम्रा कार्यव्रmम ल्याएको मन्त्री जिसीको भनाइ छ । 

नवलपरासीपूर्वमा फस्टाएको दुुग्ध व्यवसायबाट यहाँका घरमा गाईभैँसीपालन गर्ने बढिरहेका अमरापुुरीका कृषक डिल्लीराम सापकोटाले बताउनुुभयो । दुुध उत्पादनमा आमनिर्भर जिल्लाका रूपमा रहेको नवलपरासीपूर्वमा गण्डकी सरकारले किसानलाई उकास्ने राम्रा योजना ल्याएकाले पनि आगामी दिनमा अझ यो व्यवसाय फस्टाउँदै जाने मन्त्री जिसीले बताउनुुभयो ।