झ्यालबाट खसेर बालकको मृत्यु

झ्यालबाट खसेर बालकको मृत्यु

भक्तपुर– भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर २, बृहस्पति मार्गमा ७ वर्षीय बालकको झ्यालबाट खसेर मृत्यु भएको छ ।

स्थानीय सञ्जीव श्रेष्ठको साढे तीन तले घरको तेस्रो तलामा डेरा गरी बस्ने ७ वर्षका डेविट डाइमन्डको झ्यालबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको हो ।अछाम मेलेकु नगरपालिका घर भई हाल सोही स्थानमा डेरागरी बस्ने रामबहादुर बुढाका छोरा डेविट आफ्नै डेरा कोठामा खेल्ने क्रममा झ्यालबाट खसेको प्रहरीले जनाएको हो ।

उनी सोही घरको कम्पाउण्डमा बारेको फलामको बारमा पर्न जादा घाइते भएका थिए । उपचारको लागी नागरिक अस्पताल गठ्ठाघर भक्तपुर लगेकोमा उपचारको क्रममा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।