आज ११औँ राष्ट्रिय विज्ञान दिवस

आज ११औँ राष्ट्रिय विज्ञान दिवस

काठमाडौँ– आज ११औँ राष्ट्रिय विज्ञान दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । दिवसका लागि ‘विज्ञान साक्षरता र उद्यमशीलता : सबल अर्थतन्त्रको आधारशीला’ भन्ने नारा तय गरिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहमा दिवस मनाउन आग्रह गरेको छ । नेपालमा विज्ञान प्रविधिको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने काठमाडौँस्थित अमृत साइन्स क्याम्पस स्थापना दिवसको अवसर पारेर २०७० सालदेखि देशव्यापीरूपमा विज्ञान दिवस मनाउन थालिएको हो ।