युनेस्को विश्व सम्पदा सूचीमा भारतको शान्ति निकेतन

युनेस्को विश्व सम्पदा सूचीमा भारतको शान्ति निकेतन

नयाँदिल्ली- भारतको शान्ति निकेतन युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत भएको छ ।

नोबेल पुरस्कार विजेता रवीन्द्रनाथ टागोरले एक शताब्दी भन्दा पहिला केन्द्रीय विश्वविद्यालय विश्वभारतीको निर्माण गर्नुभएको थियो । विश्व संस्थाले आइतबार यसको घोषणा गरेको हो ।

यो निर्णय अहिले साउदी अरबमा चलिरहेको विश्व धरोहर समितिको ४५ औं सत्रका क्रममा लिइएको हो । शान्ति निकेतनको स्थापना १९०१ मा रवीन्द्रनाथ टागोरका पिता महर्षि देवेन्द्रनाथ टागोरले पश्चिम बङ्गालको वीरभूम जिल्लामा भएको थियो ।

 सिन्ह्वा/न्यूज एजेन्सी नेपाल