१०३ प्रकारका एन्टिबायोटिक उत्पादन र आयातमा प्रतिबन्ध

१०३ प्रकारका एन्टिबायोटिक उत्पादन र आयातमा प्रतिबन्ध

काठमाडौं- औषधि व्यवस्था विभागले एक सय तीन प्रकारका एन्टिबायोटिक औषधि र तिनका सम्मिश्रण, उत्पादन तथा आयातमा प्रतिबन्ध लगाएको छ ।

विभागले सूचना निकाल्दै एक सय तीन प्रकारका एन्टिबायोटिक औषधि र तिनका समिश्रण, उत्पादन तथा आयातमा प्रतिबन्ध लगाएको जानकारी दिएको हो । एन्टिबायोटिकको प्रतिजैविक प्रतिरोधलाई न्यूनीकरण गर्ने, तथ्यमा आधारित उपचार प्रणाली र समुचित प्रयोगलाई बढावा दिने उद्देश्यले विभागले यस्तो निर्णय गरेको हो ।

विभागका अनुसार विश्व स्वास्थ्य सङ्गठनद्वारा सिफारिस नगरिएका प्रतिजैविक औषधि र सम्मिश्रणलाई विभागले रोक लगाउने निर्णय गरेको हो ।
हाल बजारमा यस्ता औषधि बिक्री भइरहेको भए छ महिनाभित्र सक्नुपर्ने र छ महिनापछि बजारबाट सम्पूर्ण औषधि फिर्ता गर्न पनि विभागले अनुरोध गरेको छ ।