१९ वर्ष मुनिको साफ च्याम्पियनसिपमा आज नेपाल र माल्दिभ्स भिड्ने

१९ वर्ष मुनिको साफ च्याम्पियनसिपमा आज नेपाल र माल्दिभ्स भिड्ने

काठमाडौँ– १९ वर्ष मुनिको साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र माल्दिभ्सबीच प्रतिस्पर्धा हुँदैछ ।त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दिउँसो साँढे १ बजे सुरु हुने खेल नेपालका लागि निकै महत्वपूर्ण रहेको छ । 

प्रतियोगिताको सेमिफाइनलमा पुग्न नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ । पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको नेपाल अंकविहीन छ ।

दुई खेलबाट ४ अंक जोडेको पाकिस्तान भने सेमिफाइनलमा प्रवेश गरिसकेको छ । नेपाल विजयी भएको अवस्थामा सेमिफाइनलमा पुग्नेछ भने खेल बराबरी भएको अवस्थामा माल्दिभ्स सेमिफाइनलमा पुग्नेछ । 

 

माल्दिभ्ससँग एक अंक छ । माल्दिभ्सलाई जित वा बराबरी नतिजा सेमिफाइनलमा पुग्न पर्याप्त हुनेछ। प्रतियोगिताको समूह ‘बी’ बाट भारत र भुटानले सेमिफाइनलमा स्थान पक्का गरिसकेका छन् । भुटान भने प्रतियोगिताबाट बाहिरी सकेको छ ।