दाङमा बस दुर्घटना हुँदा २० जना घाइते, दुईजनाको अवस्था गम्भीर

दाङमा बस दुर्घटना हुँदा २० जना घाइते, दुईजनाको अवस्था गम्भीर

दाङ– दाङमा बस दुर्घटना हुँदा २० जनाभन्दा बढी घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डीएसपी जनकबहादुर मल्लले जानकारी दिए ।

काठमाडौंबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख ०३६२ नम्बरको रात्रि बस आज बिहान ६ बजेतिर पूर्व–पश्चिम राजमार्गको लमही नगरपालिका– ९ शिवखोलामा दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय अमेलियाले जनाएको छ। घाइतेलाई उपचारका लागि लमही अस्पतालमा पठाइएको छ । बसमा ४० भन्दा बढी यात्रु सवार रहेको बताइएको छ ।