सुर्खेतमा जिप दुर्घटना हुँदा ९ जना घाइते

सुर्खेतमा जिप दुर्घटना हुँदा ९ जना घाइते

सुर्खेत– सुर्खेतको वीरेन्द्रनगरमा गएराति जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ।

शनिबार राति करिब ८ बजेतिर वीरेन्द्रनगर नगरपालिका-४ लाँदेमा जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। वीरेन्द्रनगरबाट सुर्खेतकै चिङ्गाड गाउँपालिका-२ को रानिवासतर्फ जाँदै गरेको कर्णाली प्रदेश २००१ च ०५९६ नम्बरको जिप दुर्घटनामा परेको हो।

घाइते हुनेमा गाडी चालक चिङ्गाड गाउँपालिका–२ का २० वर्षीय कृष्ण खड्का, सोही ठाउँकी १५ वर्षीया इन्द्रा राना, २३ वर्षीया मिना जिसी, उनका छोरा वर्ष ८ का केशव राना रहेका छन्।

त्यसैगरी सोही ठाउँ बस्ने वर्ष ३१ कि गङ्गा खत्री, वर्ष ३३ का नवीन खड्का, वर्ष ४० का नरबहादुर रोकाय, वर्ष २८ कि कौसिला बस्नेत र वर्ष ३३ का नर बहादुर खड्का पनि दुर्घटनामा घाइते भएका प्रहरीले जनाएको छ ।

उनीहरु सबैको उपचार माया नर्सिङ होममा उपचार भइरहेको छ । जिप अनियन्त्रित भएर सडकबाट करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।