हातपात भएको विरोधमा केएमसीका डाक्टरहरु आन्दोलित

हातपात भएको विरोधमा केएमसीका डाक्टरहरु आन्दोलित

काठमाडौँ – काठमाडौँ मेडिकल कलेज (केएमसी)का डाक्टरहरु एकजना इन्टर्न डाक्टरमाथि हातपात भएको विरोधमा आन्दोलनमा उत्रिएका छन्।

उनीहरु काम रोकेर सडकमा उत्रिएर विरोध प्रदर्शन गरिरहेका छन्। उपचारमा आएका एकजना मिर्गौलाका बिरामीलाई डाक्टरले ‘पालो आउँछ केहीबेर कुर्नुस्’ भन्दा उनका आफन्तले हातपात गरेको भन्दै डाक्टरहरु आन्दोलनमा उत्रिएका हुन्।

इन्टर्न डाक्टर मनिष खड्कामाथि हातपात भएको हो। उनीहरुले डाक्टरमाथि हातपात गर्नेलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेका छन्।